26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

विश्वकप क्रिकेट छनोट : नेपाल जिम्बाबेसँग भिड्दै, जिम्बाबे द्वारा ३८१ रनको विशालकाय चुनौती

काठमाडौँ, २० फागुन

एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु भएको थियो ।

आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन ।

टेस्टमा नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । गत महिना नामिबियामा भएको डिभिजन–२ का खेलहरूमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट नाटकीय जित निकाल्दै विश्वकप छनोट खेल्ने मौका पाएको हो ।

सन् २०१९ को विश्वकप क्रिकेटमा १० देशमात्र सहभागी हुने हुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा अघिल्लो महिना डिभिजन टुमा खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन् ।
नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोम्पाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र दिलीप नाथ छन् ।

समाचार लेखि सक्दा सम्म जिम्बाबेले आफ्नो पारी सकेर ६ विकेट गुमाउदै ३८० सन् बनाएको थियो । टस जितेर ब्याटिंग रोजेको जिम्बाबेले टेलर को १०० रन र बट को १२३ रनको मदत ले ६ विकेट गुमाउदै ५० ओभर खेलेर ३८० रन बनाएको थियो । नेपालका तर्फबाट सबैभन्दा सफल बलर रेग्मीले ६९-२ र कामिले ८२-२ योगदान दिए ।

नेपालले आफ्नो ब्याटिंग सुरु गरिसकेको छ। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल अहिले ब्याटिंग गरिरहेका छन । दशौं ओभरको खेल १ विकेटको क्षतिमा ३४ रन बनाईसकेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles