36.3 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

बैतडी – उपमेयर कपको उपाधी थालिगाडा लाई

बैतडी, १२ फागुन

बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न प्रथम उपमेयर कप महिला क्रिकेट प्रतियोगिताको उपाधी थालिगाडाले हात पारेको छ । वडा नम्बर ११ नागार्जुनलाई ४० रनले हराउँदै थालिगाडाले उपाधि चुमेको हो ।

देहीमाडौं क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको थालिगाडाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । टिमका लागि सुनिता लुहारले अभिजित ७३ रन जोडिन भने दिब्या कार्कीले २७ रनको योगदान दिइन । नागार्जुनकी शान्ति चन्दले १ विकेट लिइन । लक्ष्य पछ्याउने क्रममा नागार्जुन ९ विकेटको क्षतिमा १ सय ४१ रनमै सिमित भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ७३ रन जोडेकी सुनिता लुहार ओम्यानअफ दि मैच बनिन भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै थालिगाडाकी दिब्या काकी म्यानअफ दि सिरिज बनिन । उनले प्रतियोगिताभर १ सय ७ रन र ११ विकेट लिएकी थिइन ।

९ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाका चार वडाका चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी सबै वडालाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । टि–ट्वान्टी फरम्याटमा भएको प्रतियोगितामा उपाधिसँगै ५थालिगाडाले ३० हजार रुपैयाँ नगद र ट्रफी पायो भने उपविजेता नागार्जुनले २० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउन सफल भएको छ ।

क्रिकेटमा महिलाको सहभागिता बढाउने उद्देश्यले उपमेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ । प्रतियोगिताका विजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण गर्दै दशरथचन्द नगरपालिकाका उपमेयर मीना चन्दले महिलाले अवसर पाए सबै काम गर्न सक्ने र खेल क्षेत्रमा पनि महिलाले ठूलो सफलता प्राप्त गर्न सक्ने बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles