26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

धनगढीमा हुने महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको तयारी तिव्र

धनगढी फागुन ०२
फागुन ९ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ । पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको लाग तयारी तिव्र पारीएको आज धनगढीमा आयोजीत पत्रकर सम्मेलनमा जानकारी दिईएको छ ।

फागुन ९ देखि १४ गतेसम्म धनगढी स्थीत फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी मुल समिती गठन गरेर तयारी भईरहेको हो । प्रतियोगितामा साविकका ५ विकाश क्षेत्र र विभागिय टोली एपीएफ गरि ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकाश समितिका उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिताका सयोजक बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । वुमेन अफ द सिरीजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजारका दरले पुरुष्कार वितरण गरीने छ । प्रतियोगीता आयोजनाका लागी ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरीएको छ ।

अहिले मैदान निर्माण र पिच निर्माणको काम भईरहेको र सबै ट वटा टिमको सहभागीता बारे टुङगो लागीसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहले बताउनुभयो । प्रतियोगीतामा सहभागी हुने ६ टिमलाई २ समुहमा विभाजन गरी लिग चरणका आधारमा खेल तालीका बनाईनेछ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles