36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बिडीसिए कप T–20 क्रिकेट फागुनमा

बैतडी,२८ माघ-
प्रजातन्त्र दिवसको अवसरमा आगामी फागुन दोस्रो सातादेखि बैतडीमा जिल्ला स्तरीय बिडीसिए कप टि–ट्वान्टी सिनियर क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुने जनाएको छ । फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगितामा जिल्लाका १६ टोलीको सहभागिता रहने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल वहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्वितीय पुरस्कार १५ हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई २ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । बिडीसिए कप सिनियर क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles