37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

नेपाल र नामिबियाको खेल आज

काठमाडौं, २५ माघ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो खेल बिहीबार घरेलु टिम नामिबियासँग खेल्दैछ । खेल नामिबियाको एफिज पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे बजेपछि सुुरु हुनेछ ।

नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया पुगेको छ । नेपाली कप्तान पारस खड्काले नेपाली टिम हरेक खेलमा जित्नका लागि मैदान उत्रने बताएका छन् ।

नेपालले यसअघि पनि खेलिसकेको नामिविया बलियो टिम रहेको उनको भनाई छ । यसअघिका ४ भेटमा नेपालले नामिबियालाई ३ पटक हराएको छ भने एकपटक मात्र हारेको छ ।

सन् २००१ मा भएको आइसीसी ट्रफीमा नामिबियाले नेपाललाई ८ विकेटको हराएको थियो । सन् २०१५ मा नामिबियामै भएको डिभिजन टू मा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो । यस्तै, सन् २०१६ को अप्रिलमा कीर्तिपुरमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले नामिबियालाई ५ विकेटले र यहि प्रतियोगिताको दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो । कप्तान पारस खड्काले उक्त खेलमा शतकीय पारी खेलेका थिए ।

सन् २००३ मा एकदिवसीय विश्वकप खेलिसकेको नामिबियाले डिभिजन टूको तयारीका लागि दक्षिण अफ्रिका पुगेर स्थानियत टोलीसँग तीन दिवसीय कप र एकदिवसीय सिरिज पनि खेलेको छ । नामिबियालाई घरेलु मैदानको फाइदा पनि हुनेछ ।

नेपालले भने प्रतियोगिताका लागि गतिलो तयारी गर्न पाएको छैन । प्रतियोगिताका लागि युएइमा ३ अभ्यास खेल खेलेको नेपाली टोली उतैबाट नामिबिया पुगेको हो । ६ टीम रहेको प्रतियोगिताको शीर्ष २ मा रहने टीमले विश्वकप क्रिकेटको छनोट खेल्न पाउनेछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles