34.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

पहिलो अन्तर्राष्ट्रिय बीग डाटा प्रबिधि तथा प्रहरी आधुनिकीकरण फोरममा नेपाल प्रहरी सहभागी

काठमाडौं, १३ साउन ।

मित्र राष्ट्र चीन सरकारको निमन्त्रणामा चीनको गुझाऊ प्रदेशको गुयाङग शहरमा साउन ९ देखि १२ गतेसम्म आयोजित पहिलो अन्तर्राष्ट्रिय बीग डाटा प्रबिधि तथा प्रहरी आधुनिकीकरण फोरममा नेपाल प्रहरीले सहभागिता जनाएको छ ।

कुल १४ एशिएन राष्ट्रका २ सय ४० जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको उक्त फोरममा नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा.राजिब सुब्बा समेत ४ जना प्रहरी अधिकृतहरु सहभागी हुनुभएको थियो ।

फोरममा प्रहरी नायब महानिरीक्षक डा.सुब्बाले नेपाल प्रहरीको आधुनिकीकरण तथा बिग डाटा प्रविधि प्रयोग गर्ने सम्बन्धमा प्रस्तुतीकरण गर्नुको साथै समापन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रहरी लगायत अन्य देशका प्रहरी संगठनबीच संचार तथा सूचना प्रबिधि मार्फत सहकार्यका लागि जोड दिनुभएको थियो । साथै उहाँले गुझाऊ प्रदेशका उप-प्रदेश प्रमुख गु रुमिन तथा केन्द्रीय गृह मन्त्रालयका अन्तर्राष्ट्रिय समन्वय विभागका उप-महानिर्देशक हु बिंचेनसँग भेटघाट गर्नुभएको थियो ।

सो अवसरमा सहभागीहरुले गुझाऊ प्रदेशको बिग डाटा प्रविधि प्रयोग तथा गुयाङग शहरको प्रहरी कार्यालयले प्रयोग गर्ने बीग डाटा प्रबिधि प्रणाली अवलोकन गरेका थिए ।

उक्त कार्यक्रमका सहभागीहरुबीच छलफल पछि ६ वटा रिजोलुसन प्रस्ताब गरी कार्यक्रम समाप्त भएको थियो । जस अन्तर्गत प्रहरी सङगठनहरुबीच बीग डाटा पुलिसिङ सम्बन्धि सहकार्य गर्ने, बीग डाटा पुलिसिङ सम्बन्धि उत्कृष्ट प्रयोगहरुको आदान प्रदान गर्ने, बीग डाटा पुलिसिङ सम्बन्धि संयोजक कमिटि निर्माण गर्ने, प्रहरी प्रशिक्षण मार्फत बीग डाटा पुलिसिङ अनुसन्धान प्रवर्द्धन गर्ने, बीग डाटा पुलिसिङ मार्फत साझा सुरक्षाका लागि सम्बन्ध निर्माण गर्ने तथा आगामी वर्ष पनि प्रहरी कार्यका लागि पुन: अन्तर्राष्ट्रिय बीग डाटा प्रबिधि फोरम गुझाऊ प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles