26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

२१औं शताब्दीकै लामो चन्द्रग्रहण आज, विश्वभरि बाट हेर्न सकिने

काठमाडौँ ,साउन ११ ।

शुक्रबार राति यो शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दै छ । ३ घण्टा ५५ मिनेट रहने ग्रहण नेपालबाट देख्न सकिन्छ ।

नेपाली समय अनुसार राति १२ बजेर ९ मिनेटमा ग्रहण सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पूरै ढाकिनेछ ।

४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति सवा १ बजेदेखि ३ बजेसम्म भने चन्द्रमा हल्का रातो रङको देखिनेछ । यसलाई ‘ब्लड मुन’ भनिन्छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गौशालामा रहेका तीनवटा टेलिस्कोपबाट ग्रहण हेर्न चाहनेका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ ।

सोसाइटीका अनुसार मौसम सफा रहे राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ ।

नासाले सम्पूर्ण एसिया, युरोप, अफ्रिका र अस्ट्रेलियाबाट पनि ग्रहण देख्न सकिने बताएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles