20.1 C
Mahendranagar, NP
Wednesday, November 22, 2017
Home Blog Page 10

सप्तरीमा प्रहरी भ्यानमाथि बम आक्रमण

राजविराज : तराईमा उदाएको नयाँ सशस्त्र समूहले सप्तरीमा प्रहरी भ्यानलाई लक्षित गरी गएराति बम विष्फोट गराएको छ । गत साउन ४ गते अस्तित्वमा आएको प्रगतिशील तराई मुक्ति मोर्चाले इलाका प्रहरी कार्यालय कडरबोनाको भ्यानमा राति साढे नौ बजे बम विष्फोट गराएको जनाएको छ । सो समूहका संयोजक सिजनका अनुसार बम विष्फोटले भ्यान क्षतिग्रस्त भएको छ । इलाका प्रहरी कार्यालयबाट दुई किलोमिटर उत्तर–पश्चिमतर्फ...

भरतपुर मेयरमा रेणु दाहाल बिजयी

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । प्राप्त अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उमेद्बार रेणु दाहाल बिजयी भएकी छिन् । यस्तै उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । उनले एमाले उमेद्बार देवी ज्ञवालीलाई २३५ मतान्तरले पराजित गरेकी हुन्...

हचुवामा आंगिक क्याम्पस

काठमाडौं : भएकै क्याम्पस व्यवस्थापन गर्न कठिन भइरहेका बेला सरकारले आर्थिक भार पर्ने गरी सामुदायिक क्याम्पसलाई पनि आंगिक बनाउने तयारी गरेको छ। क्याम्पसलाई आंगिकमा रूपान्तरण गरेपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययनै नगरी राजनीतिक दलको उच्च तहको प्रभावमा ती क्याम्पसलाई आंगिक बनाउन लागिएको हो। ६ वर्षअघि क्षेत्रीय विश्वविद्यालयका रूपमा स्थापित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आंगिक क्याम्पस थप्न लागिएको छ। सुदूरपश्चिमाञ्चलमा १५ तथा...

बैतडीमा दुईजना निरीक्षक निष्कासित

बैतडी : माध्यमिक शिक्षा (एसइइ) पूरक परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै बैतडीमा दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ। परीक्षा अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत काम गरेको पाइएकाले दशरथचन्द मावि सुन्दखाली केन्द्रबाट निरीक्षक धर्मानन्द जोशी र जगदम्बा मावि रानीबुंगा केन्द्रबाट निरीक्षक प्रेमराम महरलाई निष्कासन गरिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए। उनले भने ‘परीक्षाको मर्यादा विपरीत कार्य गरेको...

नौ अर्बका दूरसञ्चार उपकरण भित्रिए

काठमाडौं : नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार कम्पनीले गत वर्ष नौ अर्ब ४० करोड रुपैयाँका उपकरण खरिद गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले दिएको तथ्यांकअनुसार नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकसहितका इन्टरनेट सेवाप्रदायकले आव २०७३÷७४ मा मात्रै नेटवर्क विस्तार, प्रविधि तथा सेवाको गुुणस्तर सुुधार गर्न उक्त रकमबराबरका उपकरण खरिदका लागि अनुमति लिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। उनले प्राधिकरणले सिफारिस...

डा. केसीका मागबारे तीन नेता तीनतिर

श्रावण २१, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा शुक्रबार सिंहदरबारमा भएको तीन दलका शीर्ष नेता सम्मिलित बैठकले १२ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक केसीको मागअनुसार संशोधन गरी पारित गर्नेबारे भएको छलफलमा सहमति नजुटेपछि नेताहरूले संयुक्त अपिलमार्फत अनशन फिर्ता लिने समझदारी गरेका थिए । बैठकमा प्रधानमन्त्री देउवाले डा. केदारभक्त...