28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

वीरगञ्‍ज भन्सारबाट ८६ हजार नक्‍कली अन्तशुल्क स्टिकर बरामद

वीरगन्ज: नेपालमा उत्पादित शीलबन्दी मदिराको बोत्तलमा आन्तरिक राजश्व विभागले टाँस्ने अन्तशुल्क स्टिकर ठूलो परिमाणमा बरामद भएको छ।भारतबाट ल्याइएको नक्कली अन्तशुल्क स्टिकर वीरगन्ज भन्सार कार्यालयमा जाँच पासका क्रममा बरामद भएको हो।

जाँच पासका क्रममा एक सय ८० एमएलको मदिराको बोत्तलमा टाँसिने ६७ हजार तीन सय ६० र एमएलको मदिराको बोत्तलमा टासीने १९ हजार एक सय १० पिस गरि कुल ८६ हजार चार सय ७० पिस नक्कली अन्तशुल्क स्टिकर बरामद गरिएको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवले बताए।

हिमालयन ट्रान्सपोर्टको नाममा भारतको बिहार मोतीहारीका वीरेन्द्र महत्तोले ल्याएको नक्कली अन्तशुल्क स्टिकर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको यादवले जानकारी दिए।

नक्कली अन्तशुल्क स्टिकर सहित पक्राउ परेका महत्तोलाइ आवश्यक अनुसन्धान र कार्वाहीका लागि आन्तरिक राजश्व कार्यालय वीरगन्जमा सोमबार बुझाइएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

आन्तरिक राजश्व कार्यालयले भने महत्तोलाइ जिल्ला प्रहरी कार्यालय पर्सालाइ बुझाएको छ। बरामद नक्क्ली स्टिकर कुन मदिरा उद्योगले मगाएको हो यस बारेमा अनुसन्धान भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगन्ज्का प्रमुख तोयनाथ सापकोटाले बताए।

कुन उद्योगले मगाएको हो भन्ने बारेमा अहिले अनुसन्धान भइरहेको छ, अहिले नै उद्योगको नाम भन्न मिल्ने अवस्था छैन, उनले भने,’ एक दुई Liquor Revenueदिनमा त्यो उद्योगको पहिचान खुल्छ। शीलबन्दी मदिरा उद्योगले उत्पादन गर्ने मदिराको बन्द बोत्तलको बिर्कोमा टाँसिने अन्तशुल्क स्टिकर मदिरा उद्योगले अन्तशुल्क राजश्व र स्टिकरको शुल्क तिरेर उद्योगमा लगि आफै टाँस्ने गरेका छन्।’

उद्योगका सन्चालकले आफुलाइ कति स्टिकर चाहिन्छ त्यसका लागि निवेदन दिन्छन् , त्यसपछि अन्तशुल्क कर र स्टिकरको दस्तुर तिरेर स्टिकर लैजान्छन्, आन्तरिक राजश्व कार्यालय वीरगन्जका प्रमुख सापकोटाले भने,’ मदिराको गुणस्तर र परिणाम अनुसार अन्तशुल्क कर फरक फरक हुन्छ , स्टिकरको दस्तुर प्रति पिस ३२ पैसा मात्रै हो।’

कार्यालयका अनुसार वीरगन्ज नगर क्षेत्रमा शीलबन्दी मदिरा उत्पादन गर्ने सात वटा ठूला उद्योगहरु सञ्‍चालनमा छन्

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles