महाकाली नदीमा बन्ने ४ लेनको पुल, आज सिलान्यास

द्वारा : सुदुर न्युज
महाकाली पुल को सिलान्यास फिचर

भाद्र १५, २०७४- लामो प्रतिक्षा पछि महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गर्न आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् ।

‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ धनगढी विमानस्थलमा प्रधानमन्त्री देउवाले भने, ‘पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्त्वपूर्ण विकास परियोजना हो ।’ भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि कोषेढुंगा सावित हुने प्रधानमन्त्रीले वताए । प्रधानमन्त्री देउवाले भने ‘लामो समयको प्रतिक्षा सकिएको छ अव सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सबैलाई निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् । ‘बाँकी रहेको स्थानीय तह निर्वाचन संगै प्रादेशीक र संसदीय निर्वाचनमा सवैलाइ होमिन आग्रह गर्छु’ संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘निर्वाचनले राजनैतिक स्थायित्व र संबिधान कार्यान्वयनसंगै समृद्धिको वाटोमा देश अगाडी वढीसकेको छ ।’ समसामयिक राजनैतिक स्थितिका बिषयमा प्रधानमन्त्रीले भने ‘अहिले अरु कुरा छैन् निर्वाचन नै प्रमुख राजनैतिक मुद्दा हो, निर्वाचन पछि देशमा राजनैतिक मुद्दा समाप्त हुन्छन् र देश विकासका मुद्दामा अगाडी बढ्छ ।’

भर्खर सम्पन्न आफ्नो भारत भ्रमणका बिषयमा प्रधानमन्त्रीले टिप्पणी गर्दै भने ‘दुई देश बिचको सम्वन्ध यो भ्रमणले निकै ठूलो उचाइमा पुर्‍याएको छ ।’ भारत भ्रमणका क्रममा सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना हुने , गौरीफण्ट  नाकाको स्तर उन्नती हुने लगायतका बिषयमा महत्त्वपूर्ण सहमति भएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले आजै महाकाली नदीमा बन्ने पक्की पुलको शिलन्यान गर्ने कार्यक्रम रहेको छ । ४ लेनको उक्त पुल ३ वर्ष भित्र निर्माण सम्पन्न हुने अधिकारीहरुले बताएका छन् । झण्डै तीन अर्ब लागतमा निर्माण हुने पुलसंगै महाकाली पारी रहेको दोधारा चाँदनी देशसँग जोडिने छ ।

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy
Social Media Auto Publish Powered By : XYZScripts.com