23.9 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

बाजुरा भूकम्प अपडेट : ४० घर भत्किए, एकजनाको मृत्यु

काठमाडौं, १० माघ।

बाजुरामा मंगलबार गएको भूकम्पले ४० घरमा क्षति पुर्‍याएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार ४० घरमा पूर्ण र आंशिक रुपमा क्षति पुगेको हो ।

त्यस्तै, भूकम्पमा परेर एकजनाको मृत्यु भएको छ भने एकजना भेडा गोठाला घाइते भएका छन् । स्थानीयका अनुसार घाँस काट्न गएकी गौमुल गाउँपालिका २ जुरेलीमा स्थानीय जमुना रोकायाको मृत्यु भइसकेको छ । घटनास्थलसम्म प्रहरी पुगिसकेको छैन ।

प्रजिअ खड्काका अनुसार स्थानीय गोठाला राजदल बोहोरा घाइते छन् । उनी भेडा चराउने क्रममा घाइते भएका प्रजिअ खड्काले बताए । उनका ३०–३५ वटा भेडा च्याङ्ग्रा पुरिएको खबर प्रशासनसम्म आइपुगेको उनले बताए ।

बाजुरा भूकम्प

घटनास्थलतर्फ प्रहरी गइरहेको र थप विवरण वडा कार्यालय, प्रहरी वृत्त लगायतका निकायहरुबाट संकलन भइरहेको प्रशासनले जनाएको छ । – बाह्रखरी

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles