37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

सुदूरपश्चिममा जनस्तरबाट मनाइयो राष्ट्रिय एकता दिवस

धनगढी २०७८ पुष

सुदूरपश्चिम प्रदेशमा जनस्तरबाट ३००औं राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ। सरकारी स्तरबाट कुनै कार्यक्रम नभएपछि जनस्तरबाट देशभरी नै दिवस मनाइएको हो। मंगलबार धनगढीमा पनि विभिन्न कार्यक्रम गर्दै सर्वसाधारणले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाएका छन्। कार्यक्रममा सहभागीले सरकारले राष्ट्र निर्माताको अवमूल्यन गरेको आरोप लगाएका छन्। सर्वसाधारणले सरकारी स्तरबाटै एकता दिवस मनाउन पर्ने माग गरेका हुन्।

२०६२ सालसम्म हरेक वर्ष पुस २७ गते नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्थ्यो। तर २०६२÷०६३ को आन्दोलनपछि गठन भएको सरकारले भने २०६३ देखि पुस २७ गते दिइँदै आएको सार्वजनिक विदा तथा एकता दिवस कटौति गर्‍यो। त्यसपछि परिवर्तित राजनीतिबाट बनेका सबै सरकारले पुस २७ लाई उपेक्षा गर्दै आएको देखिन्छ। ५३ भन्दा बढी राजा रजौटामा विभक्त नेपालको एकिकरण गरेर नेपाल राष्ट्रमा निर्माताको सम्झनामा पृथ्वी जयन्ती र एकता दिवस सरकारले नमनाउनु गलत भएको बझाङका डम्मर थापाले बताए।

‘राजा पृथ्वीनारायण शाहले विशाल नेपालको एकिकरण गरेका थिए। अहिले नेपालका निर्माताको सम्झना र सम्मान नगर्नु गलत हो’, उनले भने, ‘सरकारमा जुनसुकै पार्टी भएपनि एकता दिवस भने मनाउनै पर्छ।’

मुलुकबाट राजसंस्था विस्थापित गरेर गणतन्त्र ल्याइएपछि नेपाल एकिकरण गर्नु अपराध हो भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप समेत लागेको छ। शासन सत्तामा जो भए पनि बाँइसे चौबिसे राज्यमा विभक्त नेपाललाई एक सुत्रमा बाध्नु पृथ्वीनारायण शाहको महान कार्य भएको र सरकारले पुस २७ मा सार्वजनिक विदा दिएर एकता दिवस मनाउनुपर्ने धनगढीका सिद्धराज पनेरूको तर्क छ। ‘पृथ्वी जयन्ती र एकता दिवस सरकारले नै मनाउनु पर्छ। सरकारले उपेक्षा गरेका कारण सर्वसाधारणले जनस्तरबाट मनाउनु परेको छ’, उनले भने।

सत्तामा बस्ने राजनीतिक दलहरुले पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्न खोजेको सर्वसाधारणले आरोप लगाएका छन्। पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिनु र सरकारी तवरबाट एकता दिवस नमनाउनु इतिहासको अपमान गर्नु भएको धनगढीका युवा सुरज चन्दले बताए। ‘नेपाल एकिकरणका जनक राजा पृथ्वीनारायण शाह हुन्। राष्ट्र निर्माताको सम्मान नगर्नु सरकारको कमजोरी हो’, उनले भने।

धनगढीमा सोमबार र मंगलबार गरी जनस्तरबाट दुई दिनसम्म राष्ट्रिय एकता दिवस मनाइएकाे छ। धनगढीमा राष्ट्रिय मठ-मन्दिर समन्वय महासमिति, विश्व हिन्दु महासंघ तथा श्रीलक्ष्मीनारायण मन्दिरले सोमबार सेती अस्पतालका बिरामीहरलाई दूध तथा फलफूल वितरण गरेका छन् भने म‌ंगलबार धनगढीमा झाँकी सहित एकता दिवस मनाएका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles