25.7 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

थप ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण, देशभरी २२,५९२ संक्रमित

काठमाडौं, २४ साउन ।

आज थप ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा हाल सम्म २२ हजार ५ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्ममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज ७ हजार ७ सय ८८ वटा नमूना परीक्षण गर्दा काठमाडौ उपत्यकाका ६२ जना सहित जम्मा ३ सय ७८ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

COVID 19 Press Briefing

प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौमा थप ५६ जना तथा भक्तपुर र ललितपुरमा ३–३ जनामा संक्रमण पुष्टि भएको छ ।

https://sudurnews.comnational/7271

आज थप ४ सय ९९ जना संक्रमण मुक्त भएसंगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १६ हजार ३ सय १३ पुगेको छ ।

यसैगरी आज काठमाडौ, पर्सा र मोरङका १–१ जनाको मृत्यु भएपछि हाल सम्म कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको कूल संख्या ७३ पुगेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles