40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बीरगंजमा दुई सय ८१ बेडको चार वटा सामुदायिक आइसोलेसन सेन्टर सञ्चालनमा

बीरगंज, २४ साउन ।

बीरगंजमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेसँगै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आजबाट दुई सय ८१ बेडको चार वटा सामुदायिक आइसोलेसन सेन्टर एक साथ सञ्चालनमा ल्याएको छ ।

बीरगंजको घरिअर्वामा रहेको गोपाल मण्डली धर्मशालामा एक सय ११ बेड, होटल रानीपोखरीमा ५० बेड, राणी सती धर्मशालामा ६० बेड र सिद्धार्थ मा.वि. मा थप ६० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनुभयो ।

पर्सामा कोरोना सङ्क्रमित बढ्दै गएपछि वीरगंजको होटल र धर्मशालालाई सामुदायिक आइसोलेसन सेन्टर बनाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।

यस अघि बीरगंजमा करिब २०० बेड क्षमताका दुई वटा कोभिड अस्पताल र झन्डै त्यति नै क्षमताको सामुदायिक आइसोलेसन सेन्टर सञ्चालनमा रहेका थिए ।

वीरगन्ज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक आइसोलेसन सेन्टरहरूमा नारायणी अस्पतालको सुपरिवेक्षणमा रहने गरी स्वास्थ्यकर्मीको व्यवस्था वीरगन्ज महानगरपालिकाले गर्ने जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

https://sudurnews.comnational/7206

त्यसरी खटिएका स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारले तोके बमोजिम जोखिम भत्ता तथा अन्य सुविधा नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने व्यवस्था मिलाउने जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनुभयो ।

पर्सा जिल्लामा पिसिआर चेकजाँचलाइ तीव्रता दिइएसँगै कोभिड्–१९ सङ्क्रमित पुष्टि हुनेहरूको सङ्ख्या बढ्दै गएको छ ।

परीक्षण रिपोर्ट पोजेटिभ भए पनि लक्षण नभएका सङ्क्रमितहरूलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड–१९ को आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम वीरगंजका केही होटल र धर्मशालालाई आइसोलेसन बनाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।

विगतमा स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी होम आइसोलेसनमा बस्ने सुविधा दिइएकोमा धेरैजसो ठाउँमा तोकिएका आधार र मापदण्ड पुरा नभएको र सङ्क्रमित व्यक्तिहरू स्वयं पनि अनुशासित भएर घरमै बस्नुको सट्टा घरबाहिर निस्किएर सङ्क्रमण फैलाउने जोखिम बढेपछि होम आइसोलेसनको सट्टा सामुदायिक आइसोलेसन सेन्टर स्थापना गरी होम आइसोलेसनमा रहेका व्यक्तिहरूलाई सामुदायिक आइसोलेसन सेन्टरमा सारिने भएको छ ।

वीरगन्ज महानगर क्षेत्रमा मात्रै छ सय भन्दाबढि नयाँ सङ्क्रमित थपिएसँगै उनीहरूको व्यवस्थापनमा चुनौती बढ्दै गएको अवस्थामा सामुदायिक आइसोलेसन सेन्टरको स्थापना गरिएको हो । – रेडियो नेपाल

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles