नेपालमा कोरोना संक्रमणको आशंका दुई जना अस्पताल भर्ना

द्वारा : Sunil Chand
CoV19
0

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा मंगलबार फेरि दुई जनालाई भर्ना गरिएको छ । कोरोना संक्रमणको आशंकमा गत आइतबार भर्ना भएका ४ जना रिपोर्ट भने नेगेटिभ आएपछि चारै जनालाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको छ । डिस्चार्ज भएका एक जना चीनबाट र अर्का तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति थिए । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

साभार- अनलाईनखबर

0

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy