28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

कैलालीमा प्रहरी र प्रदर्शनकारीबीच झडप : १० भन्दा धेरै घाइते

कैलाली ,माघ १९ गते ।

कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ। सडक दुर्घटनामा परी शनिबार ज्यान गुएका लम्कीचुहा नगरपालिका- ६ लुहारपुरका मायाराम चौधरीको ज्यान गएको थियो ।

मृतक चौधरीले चलाएको से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। पीडितले न्याय पाउनु पर्ने माग गर्दै प्रदर्शनकारीले दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

शुक्रबार रातिदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका मृतकका समर्थक र प्रहरीबीच राजमार्ग खुलाउने विषयमा विवाद हुँदा झडप भएको हो । 

प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा र इँटाका टुक्रा प्रहार गर्दा १० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारी समेत घाइते छन् । भीड नियन्त्रण लिन प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो।

प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग आइतबार दिनभर ठप्प रहेको छ । राजमार्ग ठप्प हुँदा सयौं सवारी साधन र यात्रीहरु अलपत्र परेका छन् । घटनाबारे ईलाका प्रहरी कार्यालयमा पीडितपक्षसँग छलफल भइरहेको छ । प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट आफूलाईसमेत सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडप । तस्बिर : परमानन्द पाण्डे ।
तस्बिर : परमानन्द पाण्डे/अन्नपूर्ण पोस्ट

मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका चौधरी पक्षधरले ठक्कर दिने सवारी दोषी तत्काल पत्ता लगाइ कारबाही गर्न र उचित क्षतिपूर्तिको माग गरिरहेका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । पीडित पक्षले भने दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् । प्रहरीले ठक्कर दिएको हुनसक्ने आशंकामा से १ च १७०० नम्बरको एम्बुलेन्स र चालक कालुसिंह भुललाई नियन्त्रणमा लिएर अनुसन्‍धान सुरु गरेकाे छ । – अन्नपूर्ण पोस्ट बाट साभार

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles