32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

नेपाली कांग्रेसद्धारा संसद बैठक अवरोध, गुठी विधेयकक फिर्ता लिन माग

काठमाडौं, जेठ २७ गते ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विषयलाई लिएर विरोध जानएको छ ।

बैठकको सुरु हुनेबित्तिकै कांग्रेस सांसद उठेर संसदको काम कारवाही अवरोध गरेका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार माइतिघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाउनुभयो ।

उहाँले प्रधानमन्त्री ओली धर्म प्रचारक संस्थाको पछि लागेर सम्मान खाँदै गरेकोमा पनि आलोचना गर्नुभयो ।

खाँणले गुठी विधेयककले धर्म, संस्कृतिमाथि प्रहार गरेको बताउनुभयो । उहाँले सरकारले मानवअधिकारबादी विधेयक ल्याएकाले पनि कांग्रेसले विरोध गरेको जनाउनुभयो ।

सरकारले संसदमा दर्ता गरेको विधेयक संसद पुगेको छैन ।

खाँणले शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिक हकको सुनिश्चित गर्न पनि माग गर्नुभयो ।

उहाँले आइतबार भएको वर्वरतापूर्ण घटनाको छानबिन गरी कारवाही गर्नसमेत माग गर्नुभयो ।

त्यसअघि नै बसेको राष्ट्रियसभाको बैठकमा पनि कांग्रेस र राजपाले अवरोध गर्दा केही समय बैठक स्थगित भएको थियो ।

कांग्रेसको अवरोधपछि भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले विधेयकलाई केही सामान्य संशोधनमात्र गरिएको बताउनुभयो ।

उहाँले यसअघि नै बनाइएको विधेयक भएकाले कसैले पनि सबै बिग्रियो कि भनेर आपत्ति मान्नुनपर्ने समेत प्रष्ट पार्नुभयो ।

मन्त्रीको जवाफपछि पुनः कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।

कांग्रेस सांसद पुष्पा भुसालले सभामुख कृष्णबहादुर महराले सदनको काम कारवाही चलाउन नसकेको आरोप लगाउनुभयो ।

भुसालले विधेयकले गुठियारलाई चित्त बुझाउन नसकेको बताउनुभयो ।

उहाँले आन्दोलनकारीको आवाजलाई सम्बोधन गर्ने गरी जवाफ दिन पनि सरकारसँग माग गर्नुभयो ।

भुसालले गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

गृहमन्त्रीको जवाफ नआइकन संसद चल्न नदिने अडान राखेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles