23.8 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

मुसिकोट नगरपालिका जातीय छुवाछुतमुक्त घोषणा

रुकुम ,  जेठ २६ गते ।
सामाजिक सद्भाव कायम गर्न तथा कुनैपनि खालको छुवाछुत प्रथाको अन्त्य गर्नका लागी रुकुमका स्थानीय तहहरुले सचेतना कार्यक्रमहरु संचालन गरेका छन् ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सचेतना कार्यक्रम सम्पन्न गरी जातिय छुवाछुतमुक्त नगरको उपाधी पाइसकेको छ ।

नगरपालिकालाई एक कार्यक्रमका बिच जातिय छुवाछुवाछुत मुक्त घोषणा गरिएको हो ।

नगरपालिकाले बिभिन्न ठाँउमा गरेको सचेतना अभियान पश्चात जातिय छुवाछुतमुक्त तथा सामाजिक सद्भाव युक्त नगर घोषणा गरिएपछि जिल्लामा अव कुनै पनि जातिय बिभेद नभएको स्थानीयको भनाई छ ।

कर्णाली प्रदेश सभा सामाजिक विकास समितीका अध्यक्ष राजु नेपालीले बिशेष समारोहका बिच मुसिकोट नगरपालिका जातिय छुवाछुतमुक्त नगर घोषणा गर्नुभएको हो ।

गत जेठ ५ गतेदेखि १५ गतेभित्र नगरपालिकाका १४ वटै वडाहरुमा छुवाछुत मुक्त नगर घोषणाका लागि आवश्यक मापदण्ड पुरा गर्न सचेतना कार्यक्रम सञ्चालन गरेपछि आइतबार नगरपालिकालाई छुवाछुत मुक्त घोषणा गरिएको हो ।

मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले नगरपालिका अव सभ्य भएको बताउनुभयो । यसै गरी मुसिकोट नगरपालिका छाउपडी प्रथा नभएको नगर घोषणा र पुर्ण खोपयुक्त पनि घोषणा गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles