39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

देवदहमा युवकको हत्या, पाँच जना पक्राउ

बुटवल ,  जेठ २६ गते ।
रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं. ८ बिशालनगरका २८ वर्षीय सुमन थापाको शनिवार राती हत्या भएको हो ।

कुटपिटबाट गम्भिर थापाको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापालाई आफनै साथीभाइले कुटपिट गरेको आशंका गरीएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार बेहोस अवस्थामा फेला परेका थापाको निधार र छातीमा निलडाम देखिएको थियो ।

प्रहरीले थापाको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोही स्थानका २० वर्षीय रमेश थारु, २४ वर्षीय रमेश थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो र २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको हो ।

रुपन्देहीको देवदहमा यस अंगाडी युवासंघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी, बलु पौडेल र तरुण दलका नेता

अनिस पुरीको हत्या भएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles