41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ, जेठ २१ गते ।

विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चरङ्गेफेदीमा आज बिहान मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएकोे छ ।

रामेछाप जिल्लाबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ५२३७ नंको ट्रक र काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको बा९५प ७६८६ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल पछाडि सवार सुनसरी जिल्ला इनरुवा घर भई हाल गढी गाउँपालिका–२ जोगनियझोरा बस्ने अन्दाजी वर्ष १८ को अमिन साथीरको मृत्यु भएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँ बस्ने मोटरसाइकल चालक अन्दाजी वर्ष २५ को नजीर साथीर घाइते भएकाले नमोबुद्ध नगरपालिका नौबिसेस्थित मेनिथनकोट अस्पतालमा उपचार भइरहेको कटुञ्जे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महेश्वर दाहालले जानकारी दिनुभयो ।

ट्रकसहित त्यसका चालकलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएकोे छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles