30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

भिषण हावाहुरीले विद्यालय भवन क्षतिग्रस्त, पठनपाठन ठप्प

रुकुम , जेठ २० गते ।
रुकुम पश्चिमको एक विद्यालयको भवन हावाहुरीले क्षतिग्रस्त भएको छ ।

बाँफिकोट गाँउपालिका वडा नं ४ स्थित वालकल्याण माध्यामिक विद्यालय सिम्तारुका दुई वटा भवनको जस्तापाताको छाना उडाउनुका साथै भवनमा क्षति भएको हो ।

भिषण मात्रामा लागेको हावाहुरीले उडाएको विद्यालयका प्रधानाध्यापक पवन गिरीले बताउनुभयो ।

प्रधानाध्यापक गिरीले भन्नुभयो “भिषण हावाहुरीले विद्यालय क्षतिग्रस्त भएको छ ।

हामी पठनपाठन अवरुद्ध गर्न बाध्य भएका छौं।” प्रधानाध्यापक गिरीले विद्यालय भवन पुननिर्माणका लागि सहयोग गरिदिन सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

आइतवार साँझ र राति आएको भिषण हावाहुरीले विद्यालय भवनमा क्षति भएपछि विद्यार्थीहरु चिन्तित बनेका छन् ।

जेठ २६ गते सम्मका लागि विद्यालय बन्द भएपछि विद्यार्थीमा चिन्ता थपिएको हो ।

विद्यालय भवन पुर्ननिर्माण नहुँदा सम्म पठनपाठन हुन सक्ने अवस्था नरहेको विद्यालयले जनाएको छ ।

वर्षातको समयमा शुरु भइसहेको र अरु भवन राम्रो नभएको कारण पनि क्षति भएका भवनको पुर्ननिर्माण तत्काल आवश्यक रहेको स्थानीयले बताएका छन् ।

वडा नं ४ का अध्यक्ष लिलाराम विकले पुर्ननिर्माणका लागि पहल गर्ने बताउनुभयो ।

वडापालिकाको बजेटले नपुग्ने भएकोले सहयोगका लागि विद्यालयले आह्वान गरेको प्रधानाध्यापक गिरीले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles