27.5 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

बन्दकर्ताले पूर्वी सुर्खेतमा यात्रु बस जलाए

काठमाडौं , जेठ १३ गते

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले पूर्वी सुर्खेतमा एउटा यात्रु बस जलाएका छन् ।

गुर्भाकोट नगरपालिका(१४ को गुमीबाट छिन्चु गइरहेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले गोचेखोलामामा पुगेपछि आगो लगाएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बिहान साढे १ बजेको समयमा चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल हालेर आगजनी गरेका थिए ।

आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

बस जेलेको ठाउँ नजिकै बम जस्तो शङ्कास्पद वस्तु भेटिएको छ भोजपुरमा कार्यकर्ता तीर्थराज घिमिरे प्रहरीको गोलीबाट मारिएको विरोधमा विप्लव समूहले नेपाल बन्द घोषणा गरेको छ ।

बन्द सफल पार्न भन्दै विप्लवले मकवानपुर र बारासहितका जिल्लामा सवारीसाधन जलाएका छन् ।

त्यसैगरी ठाउँ ठाउँमा बम र शंकास्पद बस्तु राख्दा जनजीवन त्रसित भएको छ। बन्दको पूर्वसन्ध्यामा हिजो राजधानीमा टाइम बम बनाउने क्रममा भएको विस्फोटमा विप्लवका कार्यकर्तासहित चारनजनाले ज्यान गुमाएका थिए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles