42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा नागरी

काठमाडौँ, जेठ ११ गते ।

नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा बिवेक नागरी निर्बिरोध चयन भएका छन्।

शुक्रबार धनगढीमा सम्पन्न सघंको पहिलो जिल्ला अधिवेशनबाट नागरी अध्यक्षमा निर्बिरोध चयन भएका हुन्।
संघको उपाध्यक्षमा अभिनास चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी, सह–सचिवमा पाण्डव पुजारा चयन भएका छन्।

सदस्यहरुमा तेज बोहरा, दिनेश बिष्ट, टेक सोडारी, प्रकाश विक, सुदिप थापा, निराजन परियार र योगेन्द्र नायक सर्वसम्मत चयन भएका छन्।

एक जना सदस्य भने संघको पहिलो अधिवेशनबाट थप्ने अध्यक्ष विबेक नागरीले जनकारी दिए।

फोटो पत्रकार संघ कैलाली तदर्थ समितिका अध्यक्ष बिरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न प्रथम अधिवेशन कार्यक्रममा नेपाली कागं्रेस संसदिय दलका नेता डक्टर रणबहादूर रावल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बम, नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles