25.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

पाँचथरमा दुई परिवारका नौं जनाको बीभत्स हत्या

पाँचथर, जेठ ७ गते ।

पाँचथरमा दुई परिवारका नौं जनाको हत्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ ।

त्यस्तै उक्त हत्या घटनामा परी एक बालिका समेत घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुई परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिएका छन् ।

एकै पटक यति धेरै मानिसको हत्याको घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles