40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

भारतीय सुरक्षाकर्मीले रक्सी खाएर नेपाली प्रहरी कुटे, ३ जना पक्राउ

काठमाडौं, बैशाख २७ ।

रौतहटमा ३ जना भारतीय सुरक्षाकर्मी पक्राउ परेका छन् । गौर नगरपालिका १ को सूर्या बेम्बो होटलमा मदिरा खाएर होहल्ला गरिरहेका विहार मिलिटरी पुलिसका सुरक्षाकर्मीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि पनि कुटपीट गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पृथ्वी पुन, खड्कसिंह भण्डारी र सुमन आले रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए ।

होटलमा मदिरा खाएर होहल्ला गरेका उनीहरुले होटलमा तोडफोड र कामदारलाई कुटपीट गरेपछि घटनाबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको थियो । तर उनीहरुले प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपीट गरेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । चार जनाको समूहमा रहेका उनीहरुमध्ये एक जना भने भाग्न सफल भएका छन् ।

विहारमा शनिबार हुने लोकसभा चुनावका कारण मदिरा सेवनमा कडाइ गरेकाले उनीहरु नेपाल प्रवेश गरेका हुन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles