32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बाटो पिच नभएको भन्दै शंख बजाएर सरकारको विरोध, प्रहरीको हस्तक्षप

काठमाडौं,वैशाख २६ गते ।

स्थानीयले बौद्ध जोरपाटी सडक खण्ड ठप्प पारेका छन् ।

विभिन्न मागहरु राख्दै संघ र स्थानीयवासी मिलेर विहिवार बिहान सडक बन्द गराएका हुन् ।

सडक बन्द हुँदा चाबहिलबाट जोरपाटीतर्फ जाने र जोरपाटी तर्फबाट चाबहिलतर्फ आउने सवारी प्रभावित भएका छन् ।

उक्त सडक खण्ड पिच गरिनु पर्ने, धुलो र हिलोबाट मुक्त पारिनु पर्ने, विश्व सम्पदाको संरक्षण गरिनु पर्ने लगायतका माग राख्दै उनीहरुले सडक बन्द गराएका हुन् ।

पटक पटक ध्यानकर्षण गराउंदा पनि माग पुरा नभएको भन्दै संघको नेतृत्वमा स्थानीयले सडक नै बन्द गराएका हुन् ।

बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका छन् ।

सोही क्रममा प्रहरीले अरुग्यास प्रहार गरेको थियो । प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन् ।

यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको छ। यही अवस्थामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। बिहीबार पनि सङ्घर्ष समितिले चाँडो कालोपत्रे गर्न मागसहित चुच्चेपाटी जोरपाटी क्षेत्रमा सडक अवरुद्ध नै गरेको थियो।

उनीहरुले सडकमा टायरसमेत बाले। झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles