33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताको तयारी

महेन्द्रनगर, १९ बैशाख।

सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ। उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गर्नुभएका उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईले नेतृत्वको गर्नुभएको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिए।

डॉ बाबूराम भट्टराई र उपेन्द्र यादव

यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ। शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ। तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन। निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन। अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ। रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles