माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु

द्वारा : सुदुर न्युज
0
गलेश्वर, वैशाख १८ गते ।
आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उनको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ ।
0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy