28.1 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

क्लव डेजाभूका संचालक अझै थुनामा

काठमाडौ,  वैशाख ५ गते ।

ठगीको आरोपमा पुर्पक्षकालागि थुनामा परेका क्लव डेजाभूका तीन संचालकको बिहीबार पनि सुनुवाई हुन सकेन ।

बिश्वराम श्रेष्ठले क्लवमा लगानी गरेको झण्डै तीन करोड ठगी गरेको भन्दै जिल्ला अदालत काठमाडौँले पुर्पक्षमा पठाएका तीन संचालक समीप सिलाकार, प्रवेश श्रेष्ठ र प्रतिक श्रेष्ठ अझै थुना मुक्त हुन सकेका छैनन ।

जिल्ला अदालतको फैसलाप्रति असन्तुष्टी जनाउदै उनीहरु उच्च अदालत पाटन गएको भएपनि त्यहांसमेत उनीहरुको बहश हुन सकेको छैन ।

बिहीबारकोलागि पेशी तोकिएको भएपनि मुद्धाको किनारा लाग्ने नदेखेपछि उनीहरुको कानुन ब्यवसायीले बिहीबारको बहश स्थगित गरेका थिए ।

गत फागुन २५ गते जिल्ला अदालत काठमाडौले उनीहरुलाई ठगी र चेक बाउन्सको मुद्धामा पुर्पक्षकालागि केन्द्रिय कारागार चलान गर्ने आदेश दिएको थियो ।

झण्डै २ महिनादेखि थुनामा रहेका उनीहरुलाई क्लवका अन्य संचालकहरुले समेत वास्ता नगरेको थुनामा रहेकाहरुले गुनासो गरेका छन ।

उनीहरुले उक्त मुद्धामा सबै भागिदार भएपनि आफुहरु मात्रै फसेको भन्दै जेल प्रशासनसंग गुनासो गरेका छन ।

सोही मुद्धाका अन्य फरार अभियुक्तहरु खेमप्रसाद गैरे, अनान गुरुङ र मनोज श्रेष्ठको खोजीलाई तीव्र बनाएको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles