35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

घूस दिन आउने तीन समातिए

काठमाडौँ, वैशाख ४ गते ।

प्रहरीले साढे तीन लाख घूस दिन आउने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडी चालक श्याम बिश्वकर्मा, तीन लाख, दिपा राना र भरत तामाङ रहेको अख्तियार दुरुपयोग अनुसन्धान

आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार गत चैत ३० गते भारत नयाँदिल्लीबाट बाँकेको नेपालगन्ज हुँदै काठमाडौँ आएको ना५ख ४८४२ नम्बरको यात्रुबाहक बसमा भन्सार छलिका सामान भएको सूचनाका आधधारमा उक्त बसलाई काठमाडौँ चमतीबाट महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटी गएको प्रहरी टोलीले नियन्त्रण लिएको थियो ।

सो बस नियन्त्रणमा लिई बस चेकजाँचका क्रममा बसबाट भन्साल छलि गरेका कपडा बरामद गरिएको हो ।

सोहि सामानहरु छाडिदिनका लागि गाडि चालक बिश्वकर्माले तीन लाख, राना र तामाङले ५० हजार घूस दिन आउँदा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार आयोगमा मुद्दा दाखिला हुन आएको हुँदा थप अनुसन्धान भइरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles