36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

टेम्पोसहित पाँच लाख बराबरको अवैध सामान बरामद

भद्रपुर,  वैशाख २ गते ।

तस्करीमा संलग्न सवारी साधनसहित ५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

गण २ झापाबाट खटिएको प्रहरी गस्ती टोलीले झापाको दमक र भद्रपुर नगरपालिका क्षेत्रबाट विभिन्न प्रकारका अवैध सामग्री बरामद गरेको सो कार्यालयले जनाएको छ ।

भारतको डिगल वैङ्कबाट मे १ ह ६५६४ नम्बरको टेम्पोमा राखेर ल्याउँदै गरेको अवस्थामा दमक ८बाट सोमबार विहान सामान बरामद गरिएको डिएसपी ओजिस ओलीले बताउनुभयो ।

शङ्का लागि चेकजाँच गर्दा टेम्पोमा रहेको विभिन्न प्रकारका १० पोका कपडा र भद्रपुरबाट ९७ किलो भारतीय दुध पाउडर ,अमुल नामको ३० किलो घिउ,दुइ बोरा मोटरपार्टस,७६ किलो चियापत्ती,अमुल वटर लगायतका सामान फेला परेकोले अवैध ठहराइ टेम्पोसहित सामान नियन्त्रणमा लिएको डिएसपी ओलीको भनाइ छ ।

सामान र टेम्पोको अनुमानित ४ लाख ९१ हजार दुइसय १२ रुपैयाँ मूल्य कायम गरिएको उहाले जानकारी दिनुभयो ।

बरामद सामान र टेम्पोलाइ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीको मूल्य भन्सारले कायम गरेको उहाले जनाउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles