40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

धर्मगुरुका नाममा युवतीको बलात्कार तथा बेचबिखन !

काठमाडौँ,  वैशाख २ गते ।

आफूलाई धर्मगुरु भन्दै एक व्यक्तिले युवतीलाई १५ दिनसम्म यौन उत्पिडन र यातना दिएको खुल्न आएको छ ।

काठमाडौँ बल्खु बस्दै आएका भारत बैसालीका ४८ वर्षीय सलिम फुल महमदले एक काठमाडौँकी २६ वर्षीया अनिता (नाम परिवर्तन) लाई यस्तो गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमाकाे उपचारमा भौतारिरहेकी अनिताको सलिमसंग बल्खुको एक मासु पसलमा भेट भएको थियो ।

भेटपछि उपचारका क्रममा अनिताकी आमालाई भारत लैजाने भन्दै सलिमले अनितालाई पुनः बल्खु भेट्न बोलाइ पय पदार्थ

खुवाई बेहोस बनाएका थिए ।

बहाेसपछि भने सलिमले अनितालाइ बल्खुबाट वीरगञ्जसम्म टाटासुमो, वीरगञ्जकबाट रिक्सामा भारतको रक्सौल र रक्सौलबाट रेलमा अजमेर पुर्याएर अनिताको लामो समयसम्म पटक–पटक बलात्कार गरेका थिए ।

लामाे समयसम्म अनिताकाे कुनै खबर नअाएपछि आफन्तले गत माघ ८ गते प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी पश्चात भारतीय प्रहरीकाे सहयाेगमा भारतको मोतिहारीबाट गत माघ २३ गते अनिताकाे उद्धार गरिएको थियाे ।

सलिम उक्त समयमा फरार भएका थिए तर उनलाई प्रहरीले चैत २३ गरे बल्खुबाट पक्राउ गरेको छ ।

प्रहरीले सलिमको साथबाट १४ थान सिमकार्ड र ४ वटा विवाह दर्ताको प्रमाणपत्र बरामद गरेको छ ।

सलिमको साथबाट विवाह दर्ताका प्रमाणपत्र बरामद भएकाले उनले भारत युवती बेचविखन गर्दै आएको आशंका गरिएको

प्रवक्ता बोगटीले बताउनुभयो ।

यसबारे अदालतबाट अनुसन्धान म्याद थप गरि अनुसन्धान भइरहेकाे छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles