30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

कार र बस आपसमा ठोक्किँदा ३ जनाको ज्यान गयो, ५ जनाको अवस्था अत्यान्तै गम्भीर

काठमाडौं , चैत्र ३०, २०७५ ।

सुनसरीको धरानमा गएराति सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे अनियन्त्रित बा २० च ४०७६ नम्बरको कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा कारमा सवार ३ जना अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बुको मृत्यु भएको छ ।

इटहरीतर्फ जाँदै गरेको कार ट्याक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किँदा ५ जना घाइते भएको डीएसपी फुयालले जानकारी दिए ।

घाइतेको अहिले नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles