23.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

हेटौँडा, चैत २९ गते ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक

जनालाई पक्राउ गरेको हो ।

ज्वालासहित दुईजनालाई हेटाँैडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको हो ।

‘‘सरकारी वकिलसँग सल्लाह गरेपछि कुन मुद्दा लगाउने भन्ने टुङ्गो लगाउँछौंँ’’ उहाँले भन्नुुभयो ।

यसअघि पनि चन्द समूहका चार कार्यकर्तालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles