42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

गाँजा ओसार्न भारतीय गाडीः तस्कर उम्कन्छन्, पक्राउ पर्छन् भरिया !

हेटौंडा ,चैत्र २८, २०७५।मकवानपुर प्रहरीले ६४ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ । हेटौंडा–१५, रातोमाटेबाट ६४ केजी लागुऔषध, भारतीय गाडीसहित एक जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले रातोमाटेबाट भारतीय नम्बर बीआर–०४–बी–००४१ नम्बर सुमोबाट गाँजा ओसारपसार गर्दै गरेको

प्रहरीले बरामद गरेको हो । गाँजासहित भारतको बिहार मोबासिरुलहसन सब्जीबाघ पटना बस्ने २८ वर्षीय समिर अहमदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक मुकेश सिंहले बताउनुभयो ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम समिरलाई २ वर्षदेखि १० वर्ष कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना तथा सवारीसाधन जफत हुने प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले भारतीय सुमो जाँच गर्ने क्रममा ३० वटा चारपाटे आकारको पोकामा राखेर लैजान लागिएको अबस्थामा गाँजा फेला पारेको हो । सुमोको छतमुनिको भागमा फल्स बटम बनाएर गाँजा भारत निकासी गर्न लागिएको अबस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय मकवानपुरमा लागुऔ

षध ओसारपसारमा भारतीय गाडी र भारतीय नागरिकको प्रयोग गरिँदै आएको छ । लागुऔषध ओसारपसार गर्ने तस्कर पक्राउ गर्न मकवानपुर प्रहरी असफल बने पनि भरिया र गाडीचालकलाई भने पक्राउ गरिएको छ ।
गाँजा ओसारपसार गर्ने काममा भारतीय नागरिक बढी पक्राउ पर्दै आएका छन् ।

मकवानपुर प्रहरीको थुनुवा कक्षमा रहेका लागुऔषध ओसारपसारमा संलग्न अधिकांश थुनुवा भरिया रहेको प्रहरीले जनाएको छ ।

हालसम्म पक्राउ परेका तस्करी गर्नेहरु भरियामात्र भएको पाइएको छ । तस्कर गर्नेले आधुनिक तरिका अपनाएर तस्करी गर्ने हुँदा सुराकीबिना प्रहरीले समात्न नसक्ने बताइन्छ । कहिलेकाँही गाँजा लिन जानेहरु बीच नै पैसायाले पनि साहु चिन्दैनन्, पु¥याउनुपर्ने ठेगाना र गाँजा लिन गर्न आउने मान्छेको हुलियाको भरमा गाँजा लैजाने गरेको भेटिएको छ ।

नयाँनयाँ तरिका अपनाएर तस्करी गर्न थालेपछि प्रहरीलाई दिन प्रतिदिन चुनौती थपिँदै जान थालेको छ । जाँचका लागि आवश्यक उपकरण अभावले प्रहरीले सामान्य जाँच गर्नुबाहेक अरु गर्न सकेको छैन ।

शंकास्पद् व्यक्तिमाथि निगरानी गर्ने, जाने तथा फर्कने सवारीसाधनलाई कडा जाँच गर्ने कार्य भने गरिरहेको छ ।

थप सुराकी परिचालन गर्ने, गहिरिएर जाँच गर्ने तथा तस्करी गर्ने सम्भावित क्षेत्रमा सादा पोशाकको प्रहरी परिचालन गर्ने गरिएको प्रहरी भनाइ छ ।
प्रहरी अनुसन्धानबाट कारोबारमा संलग्नहरु जिल्लाका विभिन्न स्थानमा डेरा जमाएर बसेका छन् ।

तस्करीमा उनीहरुको संलग्नता देखिँदैन । स्थानीय युवालाई प्रलोभन दिएर भरियाको काममा लगाउँछन् ।

‘लागुपदार्थ तस्करीको यो रणनीति नै होला,’ प्रहरी भन्छ–भरिया पक्राउ पर्छन्, तस्कर सधंै उम्कन्छन् । वाध्यता बनेको उत्पादक स्थानीयको दा

बाढी र वर्षाका कारण खाद्यान्न उत्पादनमा ह्रास आउन थालेदेखि गाँजाबी छ ।

फाइदा दिने खेतीको विकल्प नभएपछि जोखिम भए पनि यो अवैध उत्पादनले प्रश्रय पाएको हो ।

कवानपुरलाई कारोबारीले गाँजा ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अर्को समस्या थपेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles