26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

हात्तीको दाह्रा तथा कस्तुरीको वीनासहित चार जना पक्राउ

काठमाडौं ,चैत्र २८, २०७५ ।

काठमाडौं महानगरपालिका(३ सामाखुशीबाट करिब २ सय २९ ग्रामको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो वस्तु १ थान सहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरिएको ।

पक्राउ पर्नेहरुमा धादिङ, थाक्रे गाउँपालिका १० बस्ने २५ वर्षीय विकाश तामाङ, काभ्रे पनौती नगरपालिका ३ का ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोट ककनी गाउँपालिका(६ का ३८ वर्षीय राजकुमार लामा र खोटाङ बाह्रपोखरी गाउँपालिका ४ का ३१ वर्षीय फर्सुराम राई रहेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सोही ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २६ गोंगबु बसपार्कबाट संरक्षित वन्यजन्तु कस्तुरीको वीना जस्तो करिब २५ ग्राम सहित काठमाडौं गोकर्णेश्वर बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका ९ का ४० वर्षीय खिमबहादुर घर्ति मगरलाई गत चैत १७ गते पक्राउ गरेको छ ।

पक्राउ व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको सो ब्यूरोले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles