29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

गुल्मीमा जीप दुर्घटना, पूर्वसांसदसहित दुईको मृत्यु

गुल्मी,चैत २८ गते ।

मुसिकोट नगरपालिका –१ मा जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईजनाको मृत्यु भएको छ ।

मालिका गाँउपालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहान ९ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गुल्मीका पूर्व सासंदसमेत रहेका धुर्कोट गाँउपालिका -५ वस्तु निवासी रूद्रमणी भण्डारी र मालिका गाँउपालिका १ का ओसर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिनुभयो ।

जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ ।

जीपमा कुल १० जना सवार रहेको र अन्य सबै घाइते भएको खड्काले जानकारी दिनुभयो । घाइतेलाई उद्दार गरी अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles