35 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

दलित महिलालाई कम्बल वितरण

सिमकोट ,चैत्र २७ गते ।

दलित एकल महिलाहरुलाई कम्बल वितरण गरिएको छ । लक्षित वर्ग अन्र्तगतको कार्यक्रम अनुसार सिमकोट गाउँपालिकाले गाउँपालिका सबै एकल दलित महिलाहरुलाई कम्बल वितरण गरेको हो ।

न्यून आयश्रोत भएका गाउँपालिका सबै दलित एकल महिलाहरुलाई एक एक थापन कम्बल निशुल्क रुपमा वितरण गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताउनु भयो ।

यसबाट पैतालीस जना एकल दलित महिलाहरु लाभान्वित भएको उहाँले बताउनु भयो ।

यो ललित महिलाहरु कै मागका आधारमा गत बर्षको तर्जुमा भएको योजना अन्र्तगतको कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

सधै चिसो भइ रहने हिमाली जिल्लाका दलित महिलाहरुलाई कम्बल किन्न आर्थिक अभाव हुने देखिए पछि गाउँपालिकाले यस्तो सहयोगको कार्यक्रम संचालन गरेको अध्यक्ष लामाले बताउनु भयो ।

यसरी कम्बल पाउने दलित एकल महिलामा तीस देखि ७० बर्ष उमेर समुहका रहनु भएको छ ।

गरिबलाई गाउँपालिकाले सहयोग गरेर स्थानीय सरकार गाउँगाउँमा भएको महशुस भएको उहाँले बताउनु भयो ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles