नेकपाका नेता नेपाल अस्पताल भर्ना

द्वारा : सुदुर न्युज
0

काठमाडौं, चैत २६ गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

विगत तीन दिनदेखि अस्वस्थ भएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो ।

तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

नेता नेपाल केही दिनअघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy