25.9 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

नौ महिनामा ४४ जनाले गरे आत्महत्या

काठमाडौँ ,चैत २५ गते ।

यस वर्षको नौ महिना अवधिमा हालसम्ममा ४४ जनाले आत्महत्या गरेका छन् ।  चालु आर्थिक वर्षको हालसम्म सप्तरीमा महिला २३ र पुरुष २१ गरी कुल ४४ जनाले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

पछिल्लो फागुन र चैत महिनामा मात्र झुण्डिएर र विष सेवनगरी १५ जनाले ज्यान गुमाएका छन ।

तीमध्ये ११ पुरुष र चार महिलाले ज्यान गुमाएको तथ्याकंमा उल्लेख रहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनभयो ।

जिल्लामा आत्महत्याको घटनामा वृद्धि भइरहेको बेला आइतबार थप एक यूवाले आत्महत्या गरेका छन् ।

छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी २१ वर्षिय घनश्याम यादवले आत्महत्या गरेका हुन् । आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

स्विटरको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको यादवको शव स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम गरिएको छ ।
प्रहरीका अनुसार आत्महत्याका अधिकांश घटना प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानमा खुलेको छ ।

गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्या गरेको अनुसन्धानमा पाइएको छ ।

उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भार थेग्न नसक्दा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको संख्या उल्लेृख्य मात्रामा रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles