37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

कृषि र वन शिक्षाको निजीकरण विरुद्ध बिद्यार्थीको विरोध प्रर्दशन

चितवन , मंसिर १५, २०७५ ।

कृषि तथा वन शिक्षा निजीकरणको बिरुद्धमा कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थीले भरतपुरमा विरोध प्रर्दशन गरेका छन् ।

विश्व विद्यालयद्धारा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा निरन्तर आन्दोलन गरिरहेका संयुक्त विद्यार्थी संघ संगठनहरुले आज (शनिबार) भरतपुरमा बिरोध प्रर्दशन गरेका हुन् ।

नारायणगढको बेलचोकबाट शुरु भएको बिरोध ¥याली शहिदचोक, लायन्चोक,क्याम्पस गेट,चौविसकोठी हुँदै जिल्ला प्रहरी कार्यालय अगडिको गेष्टहाउस चौरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई अनेरास्ववियुका कार्यवहाक अध्यक्ष रश्मि आचार्य,अनेरास्ववियु क्रान्तिकारीका महासचिव उत्तम अधिकारी, नेविसंघका सहमहामन्त्री प्रेम राज जोशी, विप्लव निकट अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सचिव बद्री अधिकारी ,अनेरास्ववियु छैठौका अध्यक्ष विमल पोखरेल लगाएतका केन्द्रिय स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

उनिहरुले विश्वविद्यालयले दिएको निजी सम्बन्धन पूर्ण खारेजी हुनुपर्ने र कृषि परिषद निर्माण गर्नुपर्ने माग राखे ।

गत असार २० गते विश्वविद्यालय कार्याकारणी परिषदले कृषिका सात र वन विषयको एक गरेर आठ वटा निजी कलेजहरुलाई सम्बन्धन दिएपछि प्रध्यापक र विद्यार्थी संगठन आन्दोलित भएका हुन् ।

आन्दोलन जारी रहेकै बेलामा मन्त्री परिषदले साउन १४ मा सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो ।

तर त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि मन्त्रिपरिषदको निर्णय तत्काल कार्यन्वयन गर्न नपर्ने अन्तरिम आदेश अदालतबाट आएको छ ।

सोही आदेशका आधारमा भर्ना प्रकृया सुरु गरेको कृषि तथा वन विश्वविद्यालयका अधिकारीहरुले बताएका छन् ।

निर्णय अनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा हुँदै छ ।

विश्वविद्यालयले कात्र्तिक २० गते स्नातक तहको भर्ना प्रकृया सुरु गर्ने निर्णय गरेको थियो ।

रिट उपर अन्तिम आदेश आउन बाँकी नै छ । पुस २६ गते यो रिटको पेशी तय भएको छ ।

पुस २६ यतै निजी कलेजमा भर्ना प्रकृया सुरु नगर्न आन्दोलनरत विद्यार्थी र प्रध्यापकहरुको माग राख्दै आएको अनेरास्ववियु कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सचिव सुशन पौडेलले जानकारी दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles