36.9 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

घर आँगनमै गाडी गुडेपछि स्थानीय हर्षित

कालिकोट , मंसिर १५, २०७५ ।
जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–१ लुसा र सेरिज्यूलाको घर आगनमा गाडी गुडेपछि स्थानीय गाउँलेहरु हर्षित भएका छन् । उनिहरुले स्थानीय बाजागाजा हुड्के नाचकासाथ यहाँ पुगेका जिपहरुलाई शुक्रबार भव्य स्वागत गरेका हुन् ।

स्थानीय सरकार बनेपछि जनप्रतिनीधिहरूले सडकलाई पहिलो प्राथमिकतामा राखेकाले चुनव भएको डेढ वर्षमै गाउँमा गाडी पुगेका छन ।
२ करोड ५० लाख रुपैया लागतमा कर्णाली करिडोरको रेगिल सेरिज्यूला हुँदै लुसा सम्मको ६ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ ।

सडकको औपचारिक उद्घाटन कालिकोट जिल्लाका प्रतिनिधिसभा सदस्य दुर्गवहादुर रावतले गरेका थिए । सडक उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रावतले कालिकोटको विकासका लागि सडक पहिलो प्रा थमिकतामा रहेको बताए । उनले सडक निमार्णले पैदल हिडेर नुन खाद्यान्न बोक्नु पर्ने वाध्यता हटेको वताए ।

बिगतमा दिनमा सडक नहुँदा कैलाली गोलाघाट र चीनको तिब्बत सम्म गएर नुन बोक्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई सडक पुगेपछि सहज भएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डिवि शाहीले बताए ।

उनले स्थानीय तहको निर्वाचनपछि आफूहरूले सडक पुगाउने बाचा मतदाताहरुसँग राखेकाले पुरा गर्दै गएको सुनाए । तिन बर्षमा गाउँपालिकाका सबै वडाहरुमा गाडी पु¥याउने लक्ष यस गाउँपालिकाको रहेको छ ।

गाउँमा कहिले सडक आउँला भन्ने सकस रहेको र स्थानीय सरकारको सक्रियतामा सडक निर्माण भएको अब स्थानीय उत्पादन बजारमा पु¥याउन र बजारबाट दैनिक उपभाग्य सामानहरु गाउँमा ल्याउन सहज हुने स्थानीय कर्ण जैसिले वताए । ‘अब गाउँमा उत्पादन भएको तरकारी, खाद्य बाली लगायतका सामान बजारमा पु¥याउन सजिलो हुने भएको छ।’ जैसिले भने ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles