27.4 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

नेपाल टेलिकमको एसएमएस सेवा निशुल्क

काठमाडौं : नेपाल टेलिकमले देशभरका बाढी–पहिरोको उद्धारमा सूचना आदानप्रदानमा सहजता सिर्जना गर्न आइतबारदेखि लागु हुने गरी एसएमएस सेवा निशुल्क गरेको छ । सञ्चार मन्त्री मोहनबहादुर बस्नेले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको जानकारी दिए ।

टेलिकमले देशैभरका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका निम्ति एसएमएस सेवा निशुल्क गर्ने निर्णय आजै कार्यान्वयन हुने जनाएको छ ।

यो सुविधा नेपाल टेलिकमका सबै मोबाइल प्रयोगकर्ताले आजै साँझबाट प्रयोग गर्न पाउने छन् । यो सुविधा साउन ३१ गतेसम्म रहने टेलिकमले जनाएको छ ।

टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले अत्यावश्यक काम बाहेक अन्य प्रयोगकर्तालाई अनावश्यक रुपमा एसएमएस नगर्न आग्रह गरेका छन् । ‘नेटवर्कमा जाम हुने समस्या हुन नदिन अत्यावश्यक बाहेक अन्य टेलिफोन प्रयोगकर्ताले यो सुविधान प्रयोग नगरिदिन आग्रह गर्दछौँ,’ सहायक प्रवक्ता अधिरकारीले भने ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles