22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

काठमाडौंमा आजबाट शुरु भएको जोरबिजोर प्रणालीको अवज्ञा, ट्राफिक प्रहरी निरिह

काठमाडौँ , मंसिर १३, २०७५ ।

सरकारले काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा आजबाट शुरु गरेको ४ दिने जोरबिजोर प्रणालीको अवज्ञा भएको छ ।

अन्तराष्ट्रिय ग्रैह सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा राज्यले जनतालाई दुख दिएको भन्दै जोर बिजोर प्रणालीको उल्लङ्घन भएको बुझिएको छ ।

आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनतालाई सास्ती दिएको एक सवारीचालकले नेपाल समाचारपत्रलाई बताएका छन ।

सडकमा जोर बिजोर सबै नम्बर प्लेटका गाडी गुडिरहेको देखिएका छन ।

ट्राफिक प्रहरीले समेत यो प्रणालीको कडाइका साथ पालना गराउन सकेको छैन । ट्राफिक निरीह जस्तै भएर सडकमा उभिएको देख्न सकिन्छ ।

मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोरबिजोर प्रणाली लागू गरिएको हो ।

युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सीमा हुन लागेको एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।

आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू गरिएको छ । मंसिर १३ आज र १५ गते नम्बर प्लेटको अन्तिमको अङ्क बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्ने भनिएपनि आज जोर र बिजोर दुबै नम्बर प्लेटका गाडी चलिरहेका छन ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles