24.7 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

३३ केजी सुन तस्करी प्रकरणः तारेखमा छुटेका प्रहरीविरुद्ध सर्वोच्च जाने तयारी

काठमाडौं , मंसिर ३, २०७५ ।

३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च प्रहरी अधिकारीविरुद्ध सरकार सर्वोच्च जाने भएको छ ।

उच्च अदालत विराटनगरको आदेशमा छुटेका प्रहरी अधिकारीहरुलाई थुनामा राखेर मुद्दाको पूर्पक्षका लागि सर्वोच्चमा निवेदन दिन लागेको बताइएको छ ।

जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका प्रहरी अधिकृत पूर्वडिआइजी गोबिन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डीएसपी प्रजित केसीलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

त्यस्तै, व्यापारी सञ्जय खेतान भनिने प्रभात अग्रवल, रामकुमार तिवारी र गोरेका सहयोगी मदन शिलवाललाई धरौटीमा छोड्ने आदेश दिएको थियो ।

का डीआईजी गोबिन्द निरौला, एसपी विकाशराज खनाल, गोरेका सहयोगी राम तिवारी लगायतविरुद्ध सर्वोच्चमा १७ नम्बर गर्ने तयारी भैरहेको उच्च सरकारी वकिलको कार्यालय विराटनगरले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles