39 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

बुटवल हर्न निषेधित क्षेत्र घोषणा

बुटवल , मंसिर १, २०७५ ।

प्रदेश ५ को राजधानी बुटवलको शहर भरी हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मंसिर १ गते शनिवार देखि राजधानी रहेको बुटवल शहरलाई हर्न निषेधित शहरका रुपमा एक विशेष समारोह गरि घोषण गरिएको हो ।

ठुला वा साना सवारी साधनले हर्न बजाउदाँ ध्वनी प्रदूषण भएकोले हर्न निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रदेश नम्बर ५ का वरिष्ठ प्रहरी उपरिक्षक नर बहादुर केसीले बताउनु भयो ।

शहरमा संचालन हुन सवै सवारी साधनले हर्न बजाउदाँ ध्वनी प्रदूषण भएकाले पहिलो चरणामा प्रदेश राजधानी बुटवलमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको र यसलाई क्रमिक रुपमा प्रदेशसका सवै जिल्लामा अभियानका साथ लागु गरिने वरिष्ठ प्रहरी उपरिक्षक केसीले बताउनु भयो ।

बुटवल उपमहानगर पालिका र ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५ को सम्युक्त प्रयासमा पहिलो चरणमा प्रदेशको राजधानी बुटवल शहरलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५का प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताउनु भयो ।

शहरमा सडक साघुरा हुदै गएकाले त्यसमा अगाडी र पछाडीका गाडीले हर्न बजाउदाँ बजार नै कोलाहल शरह हुने गरेकोले हर्न निषैधित शहर कोेअभियान संचालन गर्नु परेको प्रहरी उपरिक्षक चन्दल बताउनु भयो ।

प्रहरी र नगरपालिकाले विभिन्न संघ संस्थाहरुलाई समन्वय गरि उनिहरुको सहयोगमा नै हर्न निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ ।

हर्न निषेधित क्षेत्रका रुपमा तिनाउ पुल देखि गोलपार्क, राजमार्ग चौराह हुदै वेसक्याम सम्मको नगरको एरियामा शनिवार देखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles