34.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

खेलकुद मैदान सरफाई

ललितपुर , मंसिर १, २०७५ ।

सैबु आवास उपभोक्ता समितिको स्वामित्वमा रहेको खेलकुद मैदान सरफाई गरिएको छ ।

समिति, स्थानीय र क्लब अफ भैसेपाटीले संरक्षण गरेको सो खेलमैदान शसस्त्र प्रहरी , महानगरीय प्रहरी प्रभाग बुंगमति , समिति र क्लबले सफाई गरेको हो ।

सफाई कार्यत्रलममा करिब एक सय ५० स्थानीयवासीको सहभागिता रहेको थियो ।

अस्तब्यस्त अवस्थामा रहेको सो ग्राउण्ड समितिले को सहयोगमा क्लबले संरक्षण गरेको थियो । करिब १९ रोपनी क्षेत्रफल ओगटेको खेलमैदानमा विभिन्न फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

खेल मैदान सफा गर्न आवास समितिका अध्यक्ष विवेक कार्की, क्लबका तर्फबाट अमृत खड्का , सुमन महत लगायतका उपस्थिति रहेको थियो ।

क्लबले आगामी शनिबारदेखि ६ देखि १४ वर्ष उमेर समुहका वालवालिकालाई फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गर्ने क्लबका अमृत खड्काले जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles