37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

सामुदायिक बिद्यालयमा सुधार आएपछि निजी बिद्यालय बन्द

पर्वत , कार्तिक ३० ।

शहरबजारमा धमाधम सामुदायिक बिद्यालयहरु बन्द भैरहेका छन र निजी बिद्यालयहरु खुलीरहेका छन ।

निजी बिद्यालय खुल्ने क्रम बढ्ने, सामुदायिक बिद्यालयमा बिद्यार्थी घटेर बिद्यालय गाभ्ने क्रम शहरबजारमा मात्रै गाउँमा पनि नभएको होइन तर पछिल्ला दिनमा यस्ता गाउँहरु छन जहाँ सामुदायिक बिद्यालयले शैक्षिक सुधार गरेपछि निजी बिद्यालय बन्द भैरहेका छन ।

निजी बिद्यालय बन्द भएर सामुदायिक बिद्यालयमा गाँभिने क्रम दक्षिण पर्वतको बिहादी गाउँपालिकामा शुरु भएको हो ।

गाउँपालिकाले सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा अध्यापन गराउन थालेपछि निजी बिद्यालय बन्द गरेर सामुदायिक बिद्यालयमा आउन थालेका छन ।

गाउँपालिकाले १ कक्षा देखि ३ कक्षा सम्म अनिवार्य अंग्रेजी माध्यममा पढाउन थालेको छ। चालु शैक्षिकसत्र देखि गाउँपालिका भित्र रहेका ३२ सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाउन थालेको छ ।

अनिवार्य अंग्रेजी, बिज्ञान र गणित तीन बिषय बिद्यालयले बिद्यार्थीलाई अंग्रेजी माध्यममा पढाईरहेका छन ।

सामुदायिक बिद्यालयमा बिद्यार्थी नआउने र अंग्रेजी पढाउनकै लागि अभिभावकले बालबालिका बोकेर बजार झर्न थालेपछि एकैपटक सबै बिद्यालयमा अंग्रेजी माध्यममा पढाउन शुरु गरिएको गाउँपालिकाका गाउँ शिक्षा अधिकृत कृष्णप्रसाद आचार्य बताउँछन ।

‘सामुदायिक बिद्यालय खाली हुँदै गएपछि जर्बजस्त सुधारका लागि बिद्यालयहरुमा अंग्रेजी माध्यममा पढाउन थालेका हौँ’ उनले भने ‘त्यसको प्रभाब अहिले नै देखिन थालेको छ, सामुदायिक बिद्यालयमा बिद्यार्थीको आर्कषण बढेको छ ।

गाउँपालिकाले अंग्रेजी माध्यममा बिद्यालयहरुमा पढाउन शुरु गरेपछि बिहादी –२ बर्राचौरको बिहादी बोर्डिङ्ग स्कुल बन्द भएको छ भने वडा नं १ बाच्छाको जनकल्याण माबिमा निजीका बिद्यार्थी आएपछि त्यहाँको बोर्डिङ्ग पनि बन्द हुने अवस्थामा पुगेको छ ।

३ कक्षा सम्म चलेको बिहादी बोर्डिङ्ग यस बर्ष देखि बन्द भएको छ ।

बिद्यार्थी धेरै नजिकैको आम्बारी माध्यामिक बिद्यालयमा गएका छन ।

केही अभिभावकले बजारमा पनि झरेका छन ।

निजी बिद्यालय बन्द भएपछि आम्बारी माबिमा तल्लो कक्षामा बिद्यार्थीको चाप बढेको प्रधानाध्यापक गणेश पौडेल बताउँछन ।

अझै आम्बारी माबिको भवन गएको बर्षा याममा भत्किएपछि बन्द भएको बिहादी बोर्डिङ्गका पाँच कक्षा प्रयोग गरेर सञ्चालनमा छन ।

‘एकातिर बिद्यालय बन्द भएको छ भने त्यही बिद्यालयमा सामुदायिक बिद्यालयका कक्षा सञ्चालन भैरहेका छन’ प्रअ पौडेल भन्छन ‘अंग्रेजी माध्यममा पढाउन थालेपछि बिद्यार्थी बढ्दै गएका छन’ सामुदायिक बिद्यालयले कक्षा १ भन्दा तल्लो तहबाट अंग्रेजीमा पढाउन शुरु गर्दा अझै प्रभावबकारी हुने देखिएको छ ।

एकैपटक ३ कक्षामा अंग्रेजी पढ्न बिद्यार्थीलाई पनि कठिन भएको छ भने शिक्षकले समेत पढाउन कठिन मानिरहेका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles