26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

मेलामा लगाएको पिङ्ग भाँच्चिदा ४ घाईते, २ जनाको अवस्था गम्भीर

रुकुम , कार्तिक २९ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारमा रोटेपिङ्ग भाँच्चिदा चार जना घाईते भएका छन् ।

आठबीसकोट नगरपालिका –९ राडी बजारको चौतारा मेलामा सञ्चालित रोटेपिङ्ग भाँच्चिदा चारजना घाइते भएका हुन् ।

घाइते हुनेमा आठबीसकोट नगरपालिका –४ आरुखोला गोतामकोटका ५२ वर्षीय कालिबहादुर बिक र उहाँकी श्रीमती ५१ वर्षीय बेलमती बिक रहेका छन् ।

त्यस्तै सोही नगरपालिका –११ गोईरीकी १४ वर्षीया दिपा सिंह र नलगाड नगरपालिका –८ हलचौर जाजरकोटका ९ वर्षीय लोकेन्द्र खत्री घाईते भएको प्रहरीले बताएको छ ।

घाइते चार मध्ये कालिबहादुर र लोकेन्द्रको अबस्था गम्भीर रहेको बताईएको छ ।

घाइते चारैजनाको राडीबजारमा रहेको नगर अस्पताल उपचार भईरहेको ईलाका प्रहरी कार्यालय आठबीसकोटले बताएको छ ।

घाइते कालिबहादुर विकले नै गएको मंगलबारदेखी शुरु भएको चौतारा मेलामा उक्त रोटेपिङ्ग सञ्चालन गर्नुभएको प्रहरीको भनाई छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles