36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बझाङगी जनताको आखाँमा नेताहरुको छारो, गौचौर बन्दै बझाङ विमानस्थल

चैनपुर , कार्तिक २९ ।

१२ औ बर्ष देखी बझाङ विमानस्थल गौचौर र खेलाडीहरुको खेलमैदान बन्दै गएको छ ।

नेताहरुले जनताको मन जित्न जति सुकै भाषण र कुरा गरे बझाङगी जनताको आखाँमा छारो हाले काम मात्र गरेको बरिष्ठ पत्रकार जगत खड्काले बताउनु भएको छ ।

उहाँले भन्नु भयो हबाई सेवा बझाङ्गी जनताको लागी नभई नहुने देखिन्छ ,तर जिल्लाबाट निवार्चित भएर गएका जनप्रतिनीधिहरु पनि जनताको आखाँमा छारो र झुटो प्रचारवाजी गर्न र जनतालाई भ्रममा पार्न लागेको बताउनु भएको छ ।

बिमनस्थल बन्दै भएको करिब १२ बर्ष बितिसक्दा पनि संञ्चालनमा भने ल्याउन सकिएको छैन् ।

हवाई सेवा नभएकै कारण जिल्लामा ईमरजेन्सी बिरामीहरु र जिल्लामा रहेका धार्मीक पर्यटकीय स्थानहरु पनि धरापमा पर्दै गएका छन् जिल्ला समन्वय मितिका प्रमुख खड्क खड्काले बताउनु भएको छ ।

एयरर्पोट छिटो संञ्चालन गर्न स्थानीयको आग्रह

उहाँले भन्नु भयो माननीय आशा बि क को पहलले धरै बर्ष पछि बझाङ्गी जनताले सपनीमा देखे जसरी यहि असोजको तेस्रो साता बझाङ्ग बिमान स्थलमा एएरर्पोट परिक्षणका लागी प्लेन ल्याईएको थियो तर सोही दिन देखि भने बिमान संञ्चालन नभएको हुदाँ जनताको आखाँमा नेताले छारो हालेको महशुस गरेका छन् समन्वय प्रमुख खड्काले बताउनु भएको छ ।

बषौ देखी सञ्चार माध्यमले बिभिन्न सरोकारवाला निकायलाई घचघचाए पनि अहिले सम्म विमानस्थल सुचारु भएको छैन ।

बझाङगी जनतालाई जिल्ला बाहिर र बाहिर जिल्लाबाट घुम्न आउने बाह्रय र आन्तरिक पर्यटनलाई असहज भएको स्थानीयको जनगुनासो छ ।

बझाङ जिल्ला पर्यटकीय हिसावले भरी पुर्ण भए पनि यसको विकास र प्रचार प्रसाण गर्न सकेको छैन् ।

विदेश बाट मिसन साईपाल आरोह गर्न आएका विदेशीहरुले बझाङमा आउन एक दम सास्ती भोकनु परेको महसुस गरेका छन् ।

विदेशीलाई भित्याउन गाहो भएको छ । बझाङगी जनतालाई वाहिर जिल्ला जान यातायातको एक दमै कच्ची सड्कामा यात्रा गर्नु पर्ने बाध्यता परेको छ ।

पर्यटकी हिसाबले बझाङ एक दमै ऐतिहासिक ,र सुन्दरताले भरी पुर्ण भएता पनि हवाई मार्गको सुविधा नभए पछि कोही पर्यटक आउन मान्दैनन् । तर यता आए पछि यता बाट आफ्नो जन्म थलो जान मान्दैन् ।

सहज यातायात गर्न निकै गाहो भएको छ । बझाङका नेताहरुले भने ए सी कार बसमा चडेर यात्रा गर्छन् ।

तर बझाङगी जनताहरु भने धुलो माटो लड्दै पदै गरेर यात्रा गनु परेको छ । सोझासाझा जनताहरुको अधिकार लाई हस्तक्षेप गदै आएका छन् ।

नेताहरुले बझाङगी जनताको आखाँमा छारो हाल्ले काम गरेका छन् ।

चुनावको बेला घरमा आएर मलाई भोट दिनु भन्ने नेताहरु अहिले कता हराए ,दशौ बर्ष देखी अबद्घ भएको यो बझाङ विमानस्थल अहिले गौचौर बन्दा समेत पनि केहि गर्न सकेका छैन् ।

बझाङगी जनताको आखाँमा छारो हाल्ने काम मात्र भएको स्थानीय बासी दिपक भण्डारीले बताउनु भएको छ ।

बझाङ्ग बिमान स्थल सुचारु भई निरन्तर हवाई सेवा दिदै आए पछि ,आन्तरिक या बाह्रय पर्यटकहरुलाइर्, बिभिन्न यहाँका धार्मीक तथा पर्यटकिय स्थलहरुको पहिचान गर्न सकेर पर्यटकहरु भित्राउन सके जिल्लाले ठुलो धनरासी एकै पर्यटकीय क्षेत्रबाट भित्राउन सकिने अनुमान रहेको छ ।

बझाङ्ग बिमान स्थल संञ्चालनमा सबैको ध्यान जाओस् । जनताले छिटो हवाई मार्गमा सहजै यात्रा गर्न पाउन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles